
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्तिमा हानि पुर्याएको आरोपमा नारायणी अस्पतालका तत्कालीन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट सञ्जय कुमार ठाकुरसहित ९ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत रहेका ठाकुर र अन्य व्यक्तिहरूमाथि अस्पतालको सम्पत्ति तथा आर्थिक स्रोतको दुरुपयोग गरी भ्रष्टाचार गरेको अभियोग लागेको हो।
आयोगका अनुसार दोषीहरूमार्फत सरकारी स्रोतलाई नोक्सानी पुर्याई व्यक्तिगत लाभ लिएको प्रारम्भिक अनुसन्धानले देखिएको छ। त्यसैको आधारमा विशेष अदालतमा मुद्धा दायर गरिएको जनाइएको छ।
यस प्रकरणले सरकारी स्वास्थ्य संस्थाहरूमा हुने आर्थिक अनियमितता तथा उत्तरदायित्व अभावप्रति गम्भीर प्रश्न खडा गराएको छ।
२०८२ बैशाख २१, आईतवार १६:१९ प्रकाशित