दिनको मूल्य बढ्दा घट्यो चाँदी


काठमाडौँ। नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८४ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन शुक्रबार प्रतितोला एक लाख ८३ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। यस हिसाबले सुनको मूल्य प्रतितोला ६ सय रूपैयाँले बढेको हो।

त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ। आइतबार चाँदी प्रतितोला एक हजार नौ सय १० रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सोही चाँदी प्रतितोला एक हजार नौ सय ३० रूपैयाँमा किनबेच भएको थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा २० रूपैयाँ कम हो।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको भाउ उच्च देखिएको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३२ सय ४२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

२०८२ बैशाख २१, आईतवार १२:३६ प्रकाशित
ट्रेन्डिङ समाचार