
काठमाडौँ।
१. अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) र आर्थिक विश्लेषणसम्बन्धी अमेरिकी ब्युरो (बिइए) का अनुसार अमिरिकी राज्य क्यालिफोर्निया आर्थिक शाक्तिमा कति औँ स्थानमा रहन सफल भएको छ ?
चौथो
सन् २०२४ मा विश्वका बलिया मानिएका देशभन्दा तीव्र गतिको आर्थिक वृद्धि हासिल गरेको क्यालिफोर्नियाले हालै चौथो स्थानमा रहेको जापानलाई पछि पारेको ।
क्यालिफोर्नियाको अर्थतन्त्र झन्डै ४१ खर्ब अमेरिकी डलर बराबर भएको । यससँगै क्यालिफोर्निया छुटै देश हुँदो हो त यो विश्वको चौथो ठुलो आर्थिक शक्ति हुने थियो ।
आर्थिक हिसाबले प्रमुख राष्ट्र (सन् २०२५ अप्रिल)
राष्ट्र खर्ब (अमे डलर)
अमेरिका ३००
चीन १९५
जर्मनी ४९
जापान ४०
भारत ४०
बेलायत ३७
झन्डै चार करोड जनसङ्ख्या रहेको क्यालिफोर्नियाले अमेरिकाको कुल गार्हस्थ उत्पादनमा एक्लैले १४ प्रतिशतको योगदान पु¥याउने ।
अमेरिकामै दोस्रो स्थानमा रहेको न्युयोर्कको अर्थतन्त्र २३ खर्ब, टेक्ससको २२ खर्ब, मासाच्युसेट्सको १८ खर्ब र फलोरिडाको १७ खर्ब डलर रहेको आर्थिक प्रतिवेदनबाट देखिएको ।
आइएमएफका अनुसार विश्वका प्रमुख आर्थिक शक्ति राष्ट्रहरूको आर्थिक वृद्धिदर
अमेरिका : २.७ प्रतिशत
चीन : ४.६ प्रतिशत
जर्मनी : ०.८ प्रतिशत
जापान : १.१ प्रतिशत
भारत : ६.५ प्रतिशत
बेलायत : १.६ प्रतिशत
२. तेस्रो नेपाल सुपर लिग (एनएसएल) २०२५ को उपाधि कसले जित्यो ?
ललितपुर सिटी एफसी (उपविजेताः पोखरा थन्डर्स)
ललितपुर सिटी एफसीले लगातार दोस्रोपल्ट उपाधि जित्न सफल भएको ।
सर्वोत्कृष्ट खेलाडी : आयुष घलान (पोखरा थन्डर्स)
उत्कृष्ट गोलरक्षक : प्रिसो (पोखरा थन्डर्स)
सर्वाधिक गोलकता : अहमद हिजाजी (धनगडी एफसी)
इनर्जेटिक प्लेयर : मणि लामा (ललितपुर सिटी एफसी)
इमर्जिङ प्लेयर : सन्तोष खत्री (ललितपुर सिटी एफसी)
फेयर प्ले अवार्ड : झापा एफसी
च्याम्पियन ललितपुरले ८० लाख र उपबिजेता पोखराले ३० लाख रुपियाँ पुरस्कार हासिल गरेका ।
त्यस्तै, आयुषले दुई लाख ५० हजार, प्रिसो र हिजाजीले एक लाख ५० हजार तथा मणि र सन्तोषले एक/एक लाख रुपियाँ व्यक्तिगत पुरस्कार प्राप्त गरेका ।
३. सन् २०२५ मा विश्वकै ठुलो धार्मिक मेला प्रयागराज महाकुम्भ मेला कुन कुन नदीको सङ्गममा आयोजना भएको थियो ?
गङ्गा, जमुना र सरस्वती
४. विश्व बैङ्कद्वारा सन् २०२५ अप्रिलमा प्रकाशित प्रतिवेदन अनुसार सन् २०२५ मा दक्षिण एसियाको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ?
५.८ प्रतिशत
सन् २०२६ मा भने सो वृद्धिदर ६.१ प्रतिशत पुग्ने अनुमान रहेको ।
विश्व बैङ्कका अनुसार दक्षिण एसियाली राष्ट्रहरूको आर्थिक वृद्धि प्रक्षेपण
५. नागरिक दैनिकको प्रकाशन संस्था नेपाल रिपब्लिक मिडियाले यस वर्षको नागरिक नायक – २०८२ उपाधिबाट कसलाई सम्मानित ग¥यो ?
नन्दादेवी कुँवर (संरक्षणकर्मी), घनश्याम पाठक (प्राध्यापन) र पुजा महतो (क्रिकेटर)
६. सन् २०२५ को अमेरिकन कलेज अफ फिजिसियन (एसिपी) अन्तर्गत प्रतिष्ठित ओस्लर कप उपाधि जित्न सफल नेपाली चिकित्सक को हुन् ?
डा. रिया बोहरा
– एसिपी ओस्लर कप जित्ने रिया पहिलो नेपाली हुन् ।
– प्रतियोगितामा भारत, जापान, क्यानडा, मेक्सिको, अमेरिकालगायतका देशका ६० उत्कृष्ट इन्टर्नल मेडिसिन रेसिडेन्ट टोलीको सहाभागिता रहेको ।
– सो प्रतियोगितामा प्रतिस्पर्धीले उच्चस्तरीय क्लिनिकल चुनौतीमा सहभागिता जनाएका थिए ।