सुदूरपश्चिम प्रदेश लोक सेवाले सातौँ तहको प्राविधिक अधिकृत पदकालागि खुलायो विज्ञापन


काठमाडौँ।  सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवाको सातौँ तहमा प्राविधिक अधिकृत पदपूर्तिका लागि दरखास्त खुलाएको छ।

शुक्रबार प्रकाशित विज्ञापनअनुसार प्रदेश निजामती सेवा (प्राविधिक) अन्तर्गतका विभिन्न सेवा, समूह, उपसमूह र तहमा रिक्त रहेका पदहरू खुला तथा समावेशी प्रतिस्पर्धात्मक परीक्षामार्फत भर्न गरिनेछ।

योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले आगामी जेठ ८ गतेसम्म दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर जेठ १५ गतेसम्म अनलाइन आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

 

२०८२ बैशाख १९, शुक्रबार १२:१४ प्रकाशित
ट्रेन्डिङ समाचार