
काठमाडौँ।
१. शिलापत्र वर्ष खेलाडी २०८१ घोषित हुन सफल खेलाडी को हुन् ?
पलेशा गोवर्धन
– उनले सन् २०२४ को पाराओलम्पिकमा नेपाललाई पहिलो ऐतिहासिक पदक (काँस्य) दिलाएकी ।
– उनी दोस्रो पटक ‘वर्ष खेलाडी’ घोषित भएकी ।
यसअघि २०७८ सालमा पनि उनी शिलापत्र वर्ष खेलाडी घोषित भएकी हुन् ।
– शिलापत्र वर्ष खेलाडी २०८० क्रिकेटर दीपेन्द्रसिंह ऐरी घोषित भएका थिए ।
२. वल्र्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडर–२०२५ छनोट हुन सफल व्यक्तित्व को हुन् ?
कामपा उपमेयर सुनिता डङ्गोल
– संसारभरबाट संस्कृति, सम्पदा, खेल, व्यापार, समाजसेवा, राजनीतिलगायत विभिन्न विधामा ४० वर्ष मुनिका ११६ जना छनोटमा परेका । दक्षिण एसियाबाट ११ जना छनोट हुँदा नेपालबाट डङ्गोल मात्र छानिएकी हुन् ।
– डङ्गोल राजनीति क्षेत्रबाट छानिएका १९ जनामध्ये एक हुन् ।
– डङ्गोलसँगै थाइल्यान्डकी प्रधानमन्त्री पेटोङटार्न सिनावात्रा र भारतका नागरिक उड्डयनमन्त्री किंजरापु राममोहन नायडु पनि राजनीति क्षेत्रबाटै छनोट भएका ।
३. कफी खेती सर्वेक्षण, २०७५ अनुसार कफी उत्पादनमा पहिलो स्थानमा रहेको जिल्ला कुन हो ?
काभ्रेपलाञ्चोक (दोस्रो : स्याङ्जा र तेस्रो सिन्धुपाल्चोक)
४. ह्वाइट हेल्मेट के सँग सम्बन्धित छ ?
सिरियाको द्वन्द्वग्रस्त क्षेत्रमा त्यहाँका नागरिकहरूको रक्षार्थ सञ्चालित स्वयंसेवी सङ्गठन
५. पारिवारिक डिएनएको माध्यमबाट हराएको व्यक्तिको पहिचान गर्नका लागि इन्टरपोलद्वारा सञ्चालनमा ल्याइएको डाटा बेसलाई के भनी चिनिन्छ ?
आई फेमिलिया
६. नेपालमा सन् २०२५ सम्ममा कुपोषणको दर कति प्रतिशतमा झार्ने लक्ष्य रहेको छ ?
२४ प्रतिशत (सन् २०३० सम्म १४ प्रतिशतमा झार्ने लक्ष्य रहेको ।)
७. कृषि ज्ञानकेन्द्र कहाँ स्थापना गरिने भएको छ ?
फक्ताङलुङ, ताप्लेजुङ
८. नेपालले कहिलेसम्म हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ ?
सन् २०३०
९. विश्व पृथ्वी दिवस कहिले मनाइन्छ ?
अप्रिल २२