गैरकानुनी सम्पत्ति प्रकरण : शाखा अधिकृतविरुद्ध सर्वोच्चमा पुनरावेदन


काठमाडौँ। गैरकानुनी सम्पत्ति प्रकरण : शाखा अधिकृतविरुद्ध सर्वोच्चमा पुनरावेदनकाठमाडौं, १७ वैशाख – जनकपुरस्थित उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कार्यरत शाखा अधिकृत मिन बहादुर भट्टराईविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाविरुद्ध असहमति जनाउँदै मंगलबार सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गराएको हो।

आयोगका अनुसार भट्टराईले वैधानिक स्रोतबिना सम्पत्ति संकलन गरेका थिए भन्ने आरोपसहित मुद्दा अघि बढाइएको हो।

२०८२ बैशाख १७, बुधबार १२:३५ प्रकाशित
ट्रेन्डिङ समाचार