सोती घटनामा २३ जनालाई जन्मकैदको फैसला उच्च अदालतबाट सदर


काठमाडौँ । जाजरकोटका नवराज विकसहित ६ जनाको ज्यान गएको चर्चित सोती घटनामा संलग्न २३ जनालाई उच्च अदालत सुर्खेतले जन्मकैदको सजाय सदर गरेको छ।

न्यायाधीश सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको संयुक्त इजलासले जिल्ला अदालतको फैसलालाई सदर गर्दै जन्मकैदको सजाय यथावत् राखेको हो। तर, जातीय छुवाछुतसम्बन्धी अभियोग भने खारेज गरिएको छ।

दोषी ठहर हुनेहरूमा चौरजहारी नगरपालिकाका तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित सोती गाउँका विभिन्न व्यक्ति छन्। उनीहरूलाई सामूहिकरूपमा हत्या गरेको प्रमाणित भएपछि अदालतले जन्मकैदको सजाय सुनाएको हो।

सन् २०२० मा भएको यो घटना जातीय विभेद र हिंसाको नमूना घटनाका रूपमा चर्चामा आएको थियो।

 

२०८२ बैशाख १७, बुधबार १२:२६ प्रकाशित
ट्रेन्डिङ समाचार