३० हजार घुस लिएको अभियोगमा प्रहरी सईविरुद्ध मुद्दा


काठमाडौँ । भारतबाट ल्याइएका सामानहरू भन्सार छली गर्न सहयोग गरेको आरोपमा रुपन्देहीको दुर्गौलिया प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) खिम बहादुर खड्काविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्कालाई ३० हजार रुपैयाँ घुस लिएको अवस्थामा रंगेहात पक्राउ गरेको थियो।

उनलाई भन्सार प्रक्रिया नअपनाई घरेलु प्रयोजनका सामग्री ल्याउन सहज बनाउने भन्दै सेवाग्राहीसँग घुस लिएको आरोप छ।

अख्तियारले काठमाडौँस्थित विशेष अदालतमा दर्ता गराएको मुद्दामा ३० हजार रुपैयाँ बिगो असुल गर्न र चार महिनासम्मको कैद सजाय दिन माग गरिएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार