सेयर बजारमा गिरावट, नेप्से र कारोबार रकम दुबै घटे


काठमाडौँ । मंगलबारको सेयर बजारमा गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.०८ अंकले घट्दै २६३१.९८ विन्दुमा झरेको छ।

यस दिन कारोबार रकम पनि घटेको छ। सोमबार आठ अर्ब १९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएकोमा मंगलबार सात अर्ब ५७ करोड रुपैयाँमा सिमित भएको हो। कारोबारमा ६२ करोडको गिरावट आएको छ।

मंगलबार ३११ कम्पनीका एक करोड ८४ लाखभन्दा बढी कित्ता सेयर किनबेच भएका थिए। ५७ कम्पनीको सेयर मूल्य बढेको छ भने १८८ कम्पनीको घटेको छ।

सर्वाधिक वृद्धि कर्पोरेट डेभलपमेन्ट बैंक र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा देखिएको छ, दुवैको मूल्य १० प्रतिशतले बढेको हो।

दोस्रो तर्फ, मध्य भोटेकोशी जलविद्युत र ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य क्रमशः ९.८८ प्रतिशत र ७.७६ प्रतिशतले घटेको छ।

मंगलबार सबैभन्दा बढी कारोबार सानिमा माई हाइड्रोपावरको भएको छ। कम्पनीको सेयर प्रतिकित्ता ५७३ रुपैयाँमा ८२ करोड ४३ लाख रुपैयाँको कारोबार भएको हो।

आज म्युचुअल फण्ड समूहबाहेक बाँकी सबै १२ समूहको परिसूचक घटेको थियो। वित्त समूह सबैभन्दा बढी १.२२ प्रतिशतले घट्दा समग्र नेप्सेमा मन्दी देखिएको हो।

२०८२ बैशाख १६, मंगलवार १६:१८ प्रकाशित
ट्रेन्डिङ समाचार