
काठमाडौँ।
१. विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का सदस्य मुलुकबिच भविष्यका महामारीको सामना गर्नेसम्बन्धी सम्झौतामा कहिले सम्झौता भएको हो ?
सन् २०२५ अप्रिल १६
– कोभिड–१९ को समयमा गरिएका गल्ती नदोहोर्याइ भविष्यका महामारीसँग जुध्ने उद्देश्यका साथ ऐतिहासिक सम्झौतामा सहमत भएका ।
– सम्झौताको मूल उद्देश्य रोगविरुद्ध औषधी कम्पनीसँग द्रुत साझेदारी सहज बनाउनु र महामारीविरुद्धको सङ्घर्ष सहज पार्नु हो ।
२. नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा ‘राष्ट्रिय मूर्तिकला सम्मेलन’ कहिले सम्पन्न भएको हो ?
विसं २०८२ वैशाख ५–६, काठमाडौँ
– सम्मेलनले १५ बुँदे घोषणापत्र जारी गरेको ।
३. कोशी प्रदेश सरकारद्वारा पहिलो पटक लगानी सम्मेलनको आयोजना कहिले गरिने भएको छ ?
विसं २०८२ वैशाख १८ र १९
– यसअघि माघ ११–१३ का लागि तय गरिएको सम्मेलन स्थगन भएको थियो ।
– सम्मेलनमा प्रस्तुत हुने परियोजनामा उद्योग र पर्यटन क्षेत्रका आयोजना बढी रहने जनाइएको ।
४. नेपालमा हाल (२०८२ वैशाख) सम्म चरा प्रजातिको सङ्ख्या कति पुगेको छ ?
८९९
– पूर्वी नेपालको इलाम सुखानीमा नयाँ प्रजातिको चरा ‘बैजनी कोइली’ ‘भ्वाइलेट कुक्कु’ फेला परेको ।
– वैज्ञानिक नाम : क्राइसोककस साइन्थोरिंकस
– नेपाल पन्छीविद् सङ्घले विसं २०८२ वैशाख ३ मा यस बारेमा जानकारी दिएको ।
– ८९८ औँ : पर्पल–रम्पेड सनबर्ड (२०८१ फागुन)
– ८९७ औँ : खैरो झाडी फिस्टो (ब्राउन बुस वाब्र्लर), (२०८१ मङ्सिर))
– ८९६ औँ : तालु धर्से अर्जुनक (स्पोटेड फ्लाइक्याचर), (२०८१ श्रावण)
– ८९५ औँ : फुस्रो सारौँ (विसं २०८१ वैशाख)
५. नेपालको प्रवासन दर प्रतिहजार जनसङ्ख्यामा कति रहेको छ ?
७.५ प्रतिशत
६. हात्तीको मुखाकृति जस्तै रहेको हात्तीढुङ्गा कहाँ अवस्थित छ ?
जैमिनी नपा–९, पैयुँथन्थाप
– हात्तीको मुखाकृतिको रूपमा रहेको सो शिला २००६ सालतिर देखिएको स्थानीयको भनाइ रहेको ।
– सो आकृतिलाई २०१२ सालदेखि गणेशको रूपमा पूजा गरिँदै आएको ।
– उक्त हात्तीढुङ्गा स्थानीय पर्यटकको आकर्षणको केन्द्र बने पनि बाह्य पर्यटकको पर्खाइमा रहेको छ ।