शिक्षक महासंघसँगको वार्ता सकारात्मक, छलफल जारी


काठमाडौँ । शिक्षकहरूको आन्दोलनका सन्दर्भमा सरकार र शिक्षक महासंघबीच भएको वार्ता सकारात्मक रूपमा अघि बढेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सोमबार राति अबेरसम्म चलेको छलफलमा दुवै पक्षले केही मुद्दामा समझदारी जुटाए पनि केही विषयमा तयारी आवश्यक भएकोले वार्ता स्थगित गरिएको हो।

शिक्षामन्त्री रघुजी पन्तको नेतृत्वमा सरकार पक्ष र अध्यक्ष लक्ष्मीकिशोर सुवेदीको नेतृत्वमा महासंघ पक्षबीच वार्ता भएको हो। मन्त्री पन्तले वार्ता सकारात्मक दिशामा अघि बढेको र सरकार छिट्टै निष्कर्षमा पुग्न चाहेको बताए।

महासंघका अध्यक्ष सुवेदीले सबै विषयमा सहमति हुन बाँकी रहेकाले छलफल जारी रहने जनाए। शिक्षकहरूले गत चैत २० गतेदेखि नयाँ विद्यालय शिक्षा ऐन लगायतका माग राख्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन्।

सरकारले बुधबारभित्र माग सम्बोधन गर्ने प्रयास गरिरहेको जनाएको छ।

२०८२ बैशाख १६, मंगलवार १०:५५ प्रकाशित
ट्रेन्डिङ समाचार