तीन प्रमुख जिल्ला अधिकारी र चार सहसचिवको सरुवा


काठमाडौँ।  गृह मन्त्रालयले आइतबार तीन प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र चार जना सहसचिवको सरुवा गरेको छ।

मन्त्रालयले गरेको निर्णय अनुसार तनहुँका प्रजिअ श्याम कृष्ण थापा रामेछाप पठाइएका छन्। रामेछापका प्रजिअ राजु प्रसाद पौडेल र दैलेखका नवराज जैसीलाई गृह मन्त्रालयमै फिर्ता बोलाइएको छ।

त्यसैगरी सहसचिव रामकृष्ण अधिकारी तनहुँका नयाँ प्रजिअ बन्ने भएका छन्। बद्रीनाथ गैह्रे दैलेखमा र बन्धुप्रसाद बास्तोला राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा खटाइएका छन्।

सरुवा भएका अधिकारीहरूलाई चाँडै कार्यभार सम्हाल्न निर्देशन दिइएको मन्त्रालय स्रोतले जनाएको छ।

 

२०८२ बैशाख १६, मंगलवार १०:२९ प्रकाशित
ट्रेन्डिङ समाचार