सिंहदरवारमा जेठभित्र मेलम्चीको खानेपानी जडान हुने


काठमाडौँ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारमा आगामी जेठ महिनाभित्रै मेलम्चीको खानेपानी वितरण गरिने भएको छ।

खानेपानी मन्त्रालयका सचिव प्रमीलादेवी शाक्य बज्राचार्यका अनुसार हाल काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)द्वारा जडान कार्य तीव्र गतिमा भइरहेको छ।

खानेपानी मन्त्री प्रदीप यादवले सिंहदरवारमा बोतल र जारको पानी प्रयोग निषेधगरिने घोषणा गर्दै, मेलम्चीको शुद्ध र पिउनयोग्य पानीको व्यवस्थालाई प्राथमिकता दिने बताए।

केयूकेएलका कार्यकारी प्रमुख अशोककुमार पौडेलका अनुसार मेलम्चीको पानी स्वच्छ, परीक्षण–प्रमाणित र पिउन योग्यभएको छ।

२०८२ बैशाख १५, सोमबार १३:२३ प्रकाशित
ट्रेन्डिङ समाचार