अल्फा बिजनेस प्रालिलाई २ लाख रुपैयाँ जरिवाना


काठमाडौँ ।   वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ताको अधिकार हनन गरेको पाइएपछि काठमाडौँको अल्फा बिजनेस प्रालि लाई २ लाख रुपैयाँ जरिवाना तिराएको छ।

विभागले आइतबार काठमाडौँ महानगरपालिका–११ मा अनुगमन गर्दा उक्त फर्मले उत्पादनमा रि-लेबलिङ गरेको, मूल्य, गुणस्तर, परिमाण र नापतौलमा हेरफेर गरेको भेटिएको थियो।

उक्त काम उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (ङ) अन्तर्गतको कसुर मानिने हुँदा दफा ३९(१)(ख) अनुसार कारवाही गरिएको विभागले जनाएको छ।

सोही दिन अनुगमन गरिएका ९ मध्ये ६ उद्योगलाई कागजातसहित विभागमा उपस्थित हुन तीनदेखि सात दिनको समय दिइएको छ। दुई उद्योगलाई ऐनको पूर्ण पालना गरी व्यवसाय सञ्चालन गर्न निर्देशन दिइएको छ।

२०८२ बैशाख १५, सोमबार १३:०२ प्रकाशित
ट्रेन्डिङ समाचार