
काठमाडौँ । नेपाली कांग्रेसकी समानुपातिक सांसद माया राईलाई प्रहरीको टोलीले सहकारी ठगीसम्बन्धी अभियोगमा पक्राउ गरेको छ।
शनिबार राति कालीमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीमा भएको आर्थिक अपचलनसम्बन्धी मुद्दामा अनुसन्धान गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई राजधानीस्थित निवासबाट नियन्त्रणमा लिएको हो।
भोजपुर स्थायी घर भएकी राई लामो समयदेखि सो सहकारी ठगी मुद्दामा फरार रहँदै आएकी थिइन्।
काठमाडौँ जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जीका आधारमा उनलाई पक्राउ गरिएको हो। अब उनीमाथि सहकारी रकम दुरुपयोग र संगठित अपराधसम्बन्धी अभियोगमा अनुसन्धान अघि बढाइने जनाइएको छ।
२०८२ बैशाख १४, आईतवार १२:२६ प्रकाशित