दुधौलीका मेयरविरुद्ध बलात्कारको जाहेरी


काठमाडौँ ।  दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारीविरुद्ध जबरजस्ती करणीसम्बन्धी जाहेरी दर्ता भएको छ।

पीडित महिलाले आफूमाथि बलात्कार भएको दाबी गर्दै प्रहरीमा उजुरी दिएकी हुन्।

सिन्धुलीका प्रहरी प्रमुख एसपी गोविन्द काफ्लेका अनुसार पीडित महिलाले बलात्कारको घटनाबाट आफू गर्भवती बनेको र सन्तान जन्मिएको उल्लेख गरेकी छन्।

जाहेरी दर्ता भएसँगै प्रहरीले आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको छ। घटनासम्बन्धी कानुनी प्रक्रिया बमोजिम अघि बढाइने एसपी काफ्लेले जानकारी दिए।

मेयर अधिकारी २०७९ सालको स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट निर्वाचित भएका थिए।

प्रहरीको अनुसन्धानले घटनाको सत्यतथ्य बाहिर ल्याउने अपेक्षा गरिएको छ।

२०८२ बैशाख १३, शनिबार ११:१४ प्रकाशित
ट्रेन्डिङ समाचार