काठमाडौँ। २०७२ सालको विनाशकारी भूकम्पको स्मरणमा आज भूकम्प स्मृति दिवस देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ।
सो भूकम्पले आठ हजार नौ सय ७९ जनाको ज्यान लिएको र २२ हजार ३०९ जना घाइते भएका थिए।
गोरखाको बारपाक केन्द्रबिन्दु भएको उक्त ७.६ म्याग्निच्युडको भूकम्पले हजारौं संरचना ध्वस्त पारेको थियो। त्यसको स्मरणमा आज सुरक्षित पूर्वाधार निर्माणमा जनचेतना जगाउने उद्देश्यसहित कार्यक्रमहरू भइरहेका छन्।
मुख्य कार्यक्रम काठमाडौंको धरहरा परिसरमा आयोजना गरिएको छ, जसमा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहनेछन्। “सुरक्षित पूर्वाधार निर्माण गरौँ, भूकम्पबाट जोगिऔँ” भन्ने मूल नारासहित यो दिवस मनाइएको हो।
यसैबीच, हिजो साँझ रुकुमपूर्वमा ४.२ म्याग्निच्युडको भूकम्पगएको थियो, जुन पछिल्लो समय पश्चिम नेपालमा भइरहेका साना प्रकृतिका भूकम्पमध्ये एक हो।
२०८२ बैशाख १२, शुक्रबार १६:१२ प्रकाशित


