कृषि विकास बैंकको प्रशासन सेवाको नतिजा सार्वजनिक


काठमाडौँ। लोक सेवा आयोगले कृषि विकास बैंक लिमिटेडको प्रशासन सेवाको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

शुक्रबार आयोगको केन्द्रीय कार्यालयद्वारा जारी सूचनामा अनुसार वि.नं. १९/२०८०–८१ अन्तर्गत खुला तथा समावेशी तर्फको पाँचौं तह, प्रशासन सेवा, व्यावसायिक सहायक पदको नतिजा प्रकाशित गरिएको हो।

उक्त नतिजामा सफल भएका उम्मेदवारहरूलाई आयोगले आवश्यक प्रक्रिया पूरा गर्न सूचित गरेको छ। अब लिखित परीक्षा उत्तीर्ण उम्मेदवारहरू अन्तर्वार्ता तथा अन्य चरणमा सहभागी हुन योग्य ठहरिएका छन्।

नतिजा लोक सेवा आयोगको वेबसाइटमा हेर्न सकिन्छ।

 

२०८२ बैशाख १२, शुक्रबार १६:०४ प्रकाशित
ट्रेन्डिङ समाचार