
काठमाडौँ।
१. हालै लागुऔषधमुक्त घोषणा गरिएको स्थानीय तह कुन हो ?
नाम्खा गाउँपालिका, हुम्ला
– देशकै ठुलो गाउँपालिका लागुऔषधमुक्त स्थानीय तह घोषित भएको
– लागुऔषध प्रयोग गर्नेहरू फेला नपरेको र आगामी दिनमा यसको प्रयोग गर्ने वातावरण नबनोस् भन्ने उद्देश्यका साथ २०८१ चैत २७ का दिन लागुऔषधमुक्त पालिका घोषणा गरिएको
२. बिम्स्टेकमा सदस्य नभएका सार्क राष्ट्र कुन कुन हुन् ?
अफगानिस्तान, पाकिस्तान र माल्दिभ्स
(सार्क सदस्य नभएका बिम्स्टेक राष्ट्र थाइल्यान्ड र म्यान्मार हुन् ।)
३. संयुक्त राष्ट्रसङ्घद्वारा अन्तर्राष्ट्रिय पारिस्थितिकीय प्रणालीको पुनस्र्थापना दशकका रूपमा घोषणा गरिएको दशक कुन हो ?
सन् २०२१–२०३०
४. ‘डब्लृुडब्लुएफ’ को आदर्श वाक्य के हो ?
– फर नेचर ः फर पिपुल ः फर इभर
५. बाल साहित्यको महŒव उजागर तथा पठन संस्कृति प्रवर्धन गर्ने उद्देश्यसहित राजधानी काठमाडौँमा प्रथम अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन कहिले सम्पन्न भयो ?
– विसं २०८१ असोज ४–५
– सम्मेलनमा नेपालबाट दुई सयभन्दा बढी र बाहिरबाट १० देशका ३१ जना विदेशी सर्जकको सहभागिता रहेको
– नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल बाल साहित्य समाज र रुम टु रिडद्वारा संयुक्त रूपमा आयोजित सम्मेलनमा बाल साहित्यसम्बन्धी पुस्तक प्रदर्शनी, कथा वाचन, बाल चित्रकला प्रदर्शनी तथा समूहगत छलफल गरिएको
६. सरकारले याक दिवसका रूपमा मनाउन तय गरेको दिन कुन हो ?
वैशाख ७
– विसं २०८१ आश्विन २ को मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको
– याकलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले संरक्षित वन्यजन्तुको सूचीमा राखेको
– याक अनुवांशिक स्रोतकेन्द्रले २०८० वैशाख ७ गते आफ्नो ५० औँ स्थापना दिवस मनाउने सन्दर्भमा याक तथा चौँरीको संरक्षण र संवर्धनका लागि वैशाख ७ लाई राष्ट्रिय याक दिवस घोषणा गरी मनाउने निर्णय गरिएको
७. राष्ट्र बैङ्कका अनुसार कुन आधार वर्षलाई आधार मानी मूल्य सूचकाङ्क गणना गरिने भएको छ ?
आर्थिक वर्ष २०८०÷८१
– हालसम्म आधार वर्ष २०७१÷७२ अनुसार मूल्य सूचकाङ्क गणना हुँदै आएको
– चालु आव २०८१÷८२ को साउनदेखि नै नयाँ आधार वर्ष अनुसार उपभोक्ता मूल्य सूचकाङ्क गणना गरिने राष्ट्र बैङ्कले जनाएको (२०८१ असोज ९ मा)
– राष्ट्र बैङ्कका अनुसार अब ५२५ वस्तु तथा सेवाका आधारमा मूल्य सूचकाङ्क गणना गरिने छ । हालसम्म ४९६ वटा वस्तु तथा सेवाका आधारमा मूल्य सूचकाङ्क गणना गरिन्थ्यो । केही विलय भएका वस्तु तथा सेवालाई हटाएर थप भएका वस्तु तथा सेवा यसमा जोडिएको
– अब ७७ जिल्लाबाट मूल्य सूचकाङ्कको नमुना सङ्कलन गरिने छ । हालसम्म ५० जिल्लाबाट मात्रै मूल्य सूचकाङ्कको नमुना सङ्कलन गरिन्थ्यो ।