
काठमाडौँ। लोक सेवा आयोगले सशस्त्र प्रहरी बलको सहायक निरीक्षक पदको लिखित परीक्षाका लागि परीक्षा केन्द्र तोकेको छ। आयोगको काठमाडौं केन्द्रीय कार्यालयले बिहीबार सूचना जारी गर्दै परीक्षा केन्द्र निर्धारण भएको जानकारी दिएको हो।
आयोगको धनकुटा कार्यालयमार्फत सञ्चालन हुने वि.नं. ०२/०८१-८२ अन्तर्गत सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा छनोट भएका उम्मेदवारहरूको परीक्षा भवन तोकिएको छ।
यसपटकको परीक्षा बराह बाहिनी मुख्यालय, पकली, सुनसरीबाट छनोट भएका उम्मेदवारहरूका लागि सञ्चालन हुँदैछ।
उक्त सूचनासँगै आयोगले परीक्षार्थीहरूलाई निर्धारित मिति, समय, र केन्द्रमा समयमै उपस्थित हुन अनुरोध गरेको छ।
२०८२ बैशाख ११, बिहीबार १४:४२ प्रकाशित