उपत्यकाका सात प्रहरी वृत्तमा नयाँ डीएसपीको सरुवा


काठमाडौँ। काठमाडौं उपत्यकाका सात प्रहरी वृत्तमा नयाँ प्रहरी नायब उपरीक्षक (डीएसपी) नियुक्त गरिएको छ। प्रहरी प्रधान कार्यालयले बुधबार १२१ जना डीएसपीहरूको सरुवा गर्दै उपत्यकाका प्रमुख वृत्तहरूमा नेतृत्व परिवर्तन गरेको हो।

नयाँ बानेश्वर प्रहरी वृत्तमा हाल जिल्ला प्रहरी परिसर, काठमाडौंमा मुद्दा शाखामा कार्यरत डीएसपी हरि खतिवडालाई पठाइएको छ। थानकोट वृत्तको जिम्मेवारी डीएसपी एलिजा गिरीलाई दिइएको छ।

त्यस्तै, कीर्तिपुरमा राजबाबु महर्जन, बालाजुमा ज्ञानबहादुर बिष्ट, कालिमाटीमा मधुकुमार थापा, ललितपुर चापागाउँमा यमकुमार श्रेष्ठ र भक्तपुर थिमी प्रहरी वृत्तमा नवराज ढुंगानालाई जिम्मेवारी दिइएको छ।

सरुवा निर्णयसँगै उपत्यकाको सुरक्षा व्यवस्थापनमा नयाँ नेतृत्वको प्रवेशसँग परिवर्तनको अपेक्षा गरिएको छ।

२०८२ बैशाख ११, बिहीबार १४:२९ प्रकाशित
ट्रेन्डिङ समाचार