
काठमाडौँ। लोक सेवा आयोगले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको लिखित परीक्षाका लागि परीक्षा केन्द्र तोकेको छ।
आयोगको काठमाडौँ केन्द्रिय कार्यालयले मंगलबार सूचना जारी गर्दै उम्मेदवारहरूको परीक्षा केन्द्र निर्धारण गरिएको जानकारी गराएको हो।
पूर्व प्रकाशित विज्ञापनअनुसार आयोजित खुला तथा समावेशी तर्फको उक्त परीक्षा कार्यक्रम निर्धारण भइसकेको छ।
परीक्षार्थीहरूले आयोगद्वारा तोकिएको परीक्षा केन्द्रमा समयमै उपस्थित भई परीक्षा दिन आयोगले आग्रह गरेको छ। परीक्षा केन्द्रसम्बन्धी विस्तृत विवरण आयोगको आधिकारिक वेबसाइट तथा सार्वजनिक सूचनामार्फत उपलब्ध गराइएको छ।
२०८२ बैशाख ९, मंगलवार १२:१९ प्रकाशित