
काठमाडौँ। शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्।
उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरी राजीनामा बुझाएको बालुवाटार स्रोतले जनाएको छ।
शिक्षकहरूको निरन्तर आन्दोलन जारी रहेका बेला मन्त्री भट्टराईले पदबाट अलग हुने निर्णय गरेकी हुन्। शिक्षक महासंघसँगको बारम्बारको संवादबाट समाधान ननिस्किएपछि उनी राजनीतिक र सार्वजनिक दबाबमा परेकी थिइन्।
सरकारसँग शिक्षक महासंघको वार्ता निष्कर्षमा नपुगेपछि उनी घेराबन्दीमा परेकी थिइन्। यस्तै परिस्थितिमा आज साँझ बस्न लागेको मन्त्रिपरिषद् बैठकमा उनको राजीनामा स्वीकृत हुने सम्भावना रहेको स्रोतले बताएको छ।
भट्टराईको राजीनामाले शिक्षक आन्दोलन र शिक्षा मन्त्रालयको नेतृत्वबारे थप बहस चर्काउने अपेक्षा गरिएको छ।
२०८२ बैशाख ८, सोमबार १७:४७ प्रकाशित