काठमाडौँ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा प्रतिष्ठानकै शिक्षाध्यक्ष प्रा. डा. सञ्जीवकुमार शर्मा नियुक्त भएका छन्।
गत चैत २६ गते उपकुलपति डा. ज्ञानेन्द्र गिरी ले पाँच वर्षे कार्यकाल पूरा गरी अवकाश पाएपछि प्रतिष्ठान उपकुलपति विहीन बनेको थियो।
प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीको निर्णयअनुसार, स्वास्थ्य मन्त्रालयले डा. शर्मालाई वैशाख ४ गतेदेखि निमित्त उपकुलपतिको जिम्मेवारी दिएको हो।
आइतबारदेखि डा. शर्माले औपचारिक रूपमा पदभार सम्हालेका छन्। प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त नहुञ्जेलसम्म शैक्षिक, प्रशासनिक, आर्थिक तथा अन्य कामकारबाही लाई निरन्तरता दिन उनलाई जिम्मेवारी दिइएको हो।
शर्माको नेतृत्वमा प्रतिष्ठानको कार्य सञ्चालनमा निरन्तरता दिने अपेक्षा गरिएको छ।
२०८२ बैशाख ८, सोमबार १२:३३ प्रकाशित


