लोकसेवासँग सम्बन्धित : वस्तुगत प्रश्नोत्तर


काठमाडौँ।

१. लेखा व्यवसायीको चौथो राष्ट्रिय सम्मेलन कहिले सम्पन्न भएको हो ? 

  विसं. २०८१ चैत २६–२७

–  ‘कर र सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरणमार्फत अर्थतन्त्रको रूपान्तरण’ भन्ने नाराका साथ सम्मेलन सम्पन्न भएको

२. कानुन व्यवसायीको छाता सङ्गठन नेपाल बार एसोसिएसनको अध्यक्षमा को निर्वाचित भएका छन् ?

  प्राडा विजयप्रसाद मिश्र

–  सो निर्वाचनमा सत्ता गठबन्धननिकट कानुन व्यवसायीको प्यानल नै विजयी भएको

–  सत्ता गठबन्धननिकट कानुन व्यवसायीको प्यानलबाट अध्यक्ष पदमा उम्मेदवार बनेका मिश्र ५,०५२ मत ल्याई विजयी भएका । उनका प्रतिस्पर्धी तथा विपक्षी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले २,६२१ मत प्राप्त गरेका

–  महासचिवमा मिश्रको प्यानलका उम्मेदवार वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला विजयी भएका

–  बारको २७ औँ कार्यसमितिका लागि विसं २०८१ चैत २३ गते निर्वाचन सम्पन्न भएको थियो ।

३. अन्तर्राष्ट्रिय टी–२० व्रिmकेटमा धेरै इनिङ्स शून्यमा आउट नहुने रेकर्ड आफ्नो नाममा लेखाउँदै कीर्तिमान कायम गर्न सफल नेपाली व्रिmकेटर को हुन् ?

  दीपेन्द्रसिंह ऐरी

–  उनले सन् २०२५ अप्रिलमा हङकङमा सञ्चालित चारदेशीय टी–२० आई सिरिजमा कुवेतविरुद्ध खेल्दै गर्दा सो कीर्तिमान कायम गर्न सफल भएका

–  अन्तर्राष्ट्रिय टी–२० व्रिmकेटमा धेरै इनिङ्स शून्यमा आउट नहुने वेस्ट इन्डिजका मार्लोन सामुइल्सको रेकर्ड ऐरीले तोडेका

–  ऐरीको नाममा टी–२० आईमा ६ बलमा ६ छक्का प्रहार गर्ने रेकर्ड पनि रहेको छ ।

–  त्यस्तै उनको नाममा अर्को दुर्लभ विश्व कीर्तिमान पनि रहेको छ । उनले सन् २०२३ मा चीनको हाङझाउमा भएको १९ औँ एसियन खेलकुद अन्तर्गत व्रिmकेट विधामा मङ्गोलियाविरुद्ध नौ बलमा ५० रन बनाएका  ।

४. नगरकोट क्षेत्रको संस्कृति, प्रकृति एवं इतिहासलाई प्रवर्धन गर्ने उद्देश्यका साथ ‘नगरकोट भ्रमण वर्ष–२०८२’ को सुरुवात कहिलेदेखि भएको हो ?

  विसं २०८२ वैशाख १

नगरकोट भ्रमण वर्ष उद्घाटन ः विसं २०८२ वैशाख १

को बाट ः राष्ट्रपति रामचन्द्र पौडेल

– आन्तरिक १० लाख र बाह्य एक लाख पर्यटक भिœयाउने लक्ष्य

५ जुडशीतल पर्व कहिले मनाइन्छ ?

  वैशाख २

– तराई मधेशका जिल्ला तथा मिथिलाञ्चल क्षेत्रमा वैशाख २ गते मनाइने यस पर्वमा मिथिलावासीले एकअर्कालाई हिलो र पानी छ्याप्ने, लगाउने गर्दछन् ।

– यसअघि परिवारका श्रेष्ठजनबाट बिहानै टाउकोमा पानी थापेर आशीर्वाद लिने चलन छ ।

– शरीरमा हिलो र पानी छ्याप्नाले स्वास्थ्य लाभ हुने र छालासम्बन्धी रोग नलाग्ने विश्वास रहेको छ ।

– शीतलताको प्रतीकका रूपमा यो पर्व मनाउने गरिन्छ ।

६. ‘राष्ट्र–परराष्ट्र’ नामक कृतिका सर्जक को हुन् ?

  डा. भेषबहादुर थापा

७. ‘जोगियाना’ नामक कृतिका लेखक कुमार नगरकोटी हुन् भने ‘कर्मणा’ नामक कृतिका लेखक को हुन् ?

  झमककुमारी घिमिरे

 

२०८२ बैशाख ७, आईतवार १७:३० प्रकाशित
ट्रेन्डिङ समाचार