नेपाल विद्युत् प्राधिकरण पाँचौँ तहको लिखित नतिजा प्रकाशित


काठमाडौँ। लोक सेवा आयोगले नेपाल विद्युत् प्राधिकरण अन्तर्गत पाँचौँ तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगको केन्द्रीय कार्यालयद्वारा आइतबार जारी सूचनामार्फत गण्डकी प्रदेशअन्तर्गत प्राविधिक सेवा, इलेक्ट्रिकल/मेकानिकल समूहका ‘सुपरभाइजर’ पदका उम्मेदवारहरूको नतिजा सार्वजनिक गरिएको हो।

उक्त नतिजा प्राधिकरणको विज्ञापन नं. प्रा. ५/५०३ /५०४/०८०–०८१ (खुला तथा समावेशी) अनुसार लिइएको परीक्षामा आधारित छ।

परीक्षा उत्तीर्ण गरेका उम्मेदवारहरू आगामी मौखिक तथा प्रयोगात्मक परीक्षाका लागि योग्य ठहरिएका छन्। विस्तृत नतिजा र अन्तर्वार्ता सम्बन्धी जानकारी लोक सेवा आयोगको वेबसाइट वा सूचना पाटीमा हेर्न सकिने आयोगले जनाएको छ।

२०८२ बैशाख ७, आईतवार १६:२५ प्रकाशित
ट्रेन्डिङ समाचार