
काठमाडौँ। चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजहरूको स्नातकोत्तर तहका सिट घटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
निजी मेडिकल कलेजहरूको सिट कटौती गरी म्याचिङ प्रक्रियामा सरकारी कलेजहरूलाई मात्र समावेश गर्दै आयोगले सूचना सार्वजनिक गरेपछि चिकित्सकहरू सर्वोच्च पुगेका थिए।
आयोगको उक्त निर्णयविरुद्ध डा. सुजल न्यौपानेसहित १४ जना चिकित्सकले रिट दायर गरेका थिए। सोही रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश सपना मल्लको एकल इजलासले तत्काल निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।
सर्वोच्च अदालतले यो विषयमा थप छलफल गर्न चैत २६ गते दुवै पक्षलाई बोलाएको छ।
२०८२ बैशाख ६, शनिबार १०:०९ प्रकाशित