नेपोनको अध्यक्षमा विनोद पाण्डे निर्वाचित


काठमाडौँ । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन (नेपोन) को छैटौँ महाधिवेशन सम्पन्न भएको छ। काठमाडौँमा आयोजित महाधिवेशनबाट विनोद पाण्डे अध्यक्ष पदमा निर्वाचित भएका छन्।

नयाँ कार्यसमितिमा उपाध्यक्ष क्याप्टेन लालकाजी गुरुङ, महासचिव मदन केसी, उपमहासचिव तीर्थराज घिमिरे, र विभिन्न विभागका सचिवमा केदारप्रसाद देवकोटा, नारायणबहादुर श्रेष्ठ, ध्रुवराज कार्की र चन्द्रकुमार महतरा चयन भएका छन्।

महाधिवेशनबाट लेखा आयोग, अनुशासन आयोग, भेटरन कमिटी आयोग, सुरक्षा तथा स्वयंसेवक आयोग, निर्वाचन आयोग र सल्लाकार आयोगका संयोजकहरू पनि निर्वाचित गरिएको छ। समग्रमा ९९ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो।

महाधिवेशनको उद्घाटन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सद्भाव र राष्ट्रिय एकताको सन्देश दिएका थिए। रक्षामन्त्री मानवीर राई र एमाले नेता भानुभक्त ढकालले नेपोनको योगदानको प्रशंसा गरेका थिए।

नवनिर्वाचित अध्यक्ष पाण्डेले संस्थाको तर्फबाट राष्ट्रिय सुरक्षा र विकासमा भूतपूर्व सैनिकहरूको अनुभव र क्षमतालाई उपयोग गरिने प्रतिबद्धता व्यक्त गरेका छन्। पाण्डे अवकाश प्राप्त सहायक रथी हुन्।

२०८२ बैशाख ५, शुक्रबार १६:३० प्रकाशित
ट्रेन्डिङ समाचार