
काठमाडौँ । विभिन्न मागसहित आन्दोलनमा उत्रिएका शिक्षकहरूले नयाँ बानेश्वर क्षेत्रको मुख्य सडक अवरुद्ध गर्दा सर्वसाधारणले हैरानी भोग्नु परेको छ।
शिक्षकहरूले विद्यालय शिक्षा ऐन लागु गर्नुपर्ने माग गर्दै १७ दिनदेखि आन्दोलन गरिरहेका छन्। माइतीघर–नयाँ बानेश्वर सडक खण्डमा निरन्तर धर्ना र प्रदर्शन हुँदा दैनिक आवागमनमा समस्या सिर्जना भएको छ।
ट्राफिक व्यवस्था प्रभावित हुँदा अनामनगर, माइतीघर मण्डला, थापाथली र धोबीखोला कोरिडोरमा सवारी जाम बढेको ट्राफिक प्रहरीले जनाएको छ। लामो समयसम्म सवारी साधन जाममा अड्किँदा यात्रुहरू र बटुवाहरू दिक्क भएका छन्।
सरकारले वार्ता र संवादमार्फत समाधान खोज्न शिक्षकहरूलाई आग्रह गर्दै आएको भए पनि आन्दोलन यथावत् रहेको छ।
२०८२ बैशाख ५, शुक्रबार १६:२१ प्रकाशित