
काठमाडौँ ।निजामती कर्मचारीहरूको संयुक्त ट्रेड युनियन सञ्जालले कर्मचारी ट्रेड युनियनको माग गर्दै शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति कार्यालय घेराउ गरेका छन्।
नेपाल नि लजामती कर्मचारी संगठन, युनियन, राष्ट्रिय कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन, मधेसी निजामती कर्मचारी मञ्च, र स्वतन्त्र राष्ट्रसेवक संगठनसहितका समूहहरूले कर्मचारी अनुकूल कानुन निर्माण र ट्रेड युनियन पुनःस्थापनाको माग राख्दै ११ बुँदे ज्ञापनपत्र समितिका सभापति रामहरि खतिवडालाई बुझाएका हुन्।
सभापति खतिवडाले अधिकांश मागहरू सम्बोधन भइसकेको जानकारी गराउँदै बाँकी मागहरू पनि सकारात्मक रूपमा हेरिने बताएका छन्। सञ्जालले संघीय निजामती सेवा विधेयक ल्याएर आफ्ना माग सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्।
२०८२ बैशाख ५, शुक्रबार १४:३० प्रकाशित