शुद्धोधन गाउँपालिका अध्यक्षमाथि गोली प्रहारको प्रयास


काठमाडौँ । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि बिहीबार राति गोली प्रहारको प्रयास भएको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी मोहनमणि अधिकारीका अनुसार, चौधरी शौचालय गएर फर्किने क्रममा उनीमाथि सानो हतियार (पेस्तोल) बाट गोली प्रहार भएको थियो। घटनास्थलबाट गोलीको खोका पनि बरामद गरिएको छ।

अध्यक्ष चौधरी भने सकुशल छन्। घटनाको समयमा विद्युत् अवरोध भएको र उनी मोबाइलको उज्यालोमा फर्किँदै गर्दा गोली प्रहार भएको प्रहरीले जनाएको छ। उनले तत्काल प्रहरीलाई जानकारी गराएका थिए भने प्रहरीको टोली घटनास्थलमा पुगेको थियो।

हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

२०८२ बैशाख ५, शुक्रबार ०९:४८ प्रकाशित
ट्रेन्डिङ समाचार