लोकसेवा सम्बन्धित : वस्तुगत प्रश्नोत्तर


काठमाडौँ।

१. फोब्र्सद्वारा सन् २०२५ मा प्रकाशित विश्वका अर्बपतिहरूको सूची अनुसार पहिलो स्थानमा पर्न सफल धनाढ्य को हुन् ?

 एलन मस्क

– फोब्र्सका अनुसार हाल विश्वभर ३,०२८ जना अर्बपति रहेका

– नेपालबाट सन् २०१३ यता फोब्र्सको सूचीमा लगातार प्रतिनिधित्व गर्दै आएका उद्योगी एवं राजनीतिकर्मी विनोद चौधरी दुई अर्ब डलरका साथ १,७२९ औँ स्थानमा रहेका छन् । सन् २०२४ मा उनी विश्वभरका २,७८१ अर्बपतिमध्ये १७६४ औँ स्थानमा थिए ।

विश्वका सर्वाधिक दस धनाढ्य

नाम कम्पनी क्षेत्र सम्पत्ति

१. इलन मस्क टेस्ला, स्पेसएक्स प्रविधि, अन्तरिक्ष ३४२

२. मार्क जुकरवर्ग मेटा प्रविधि २१६

३. जेफ बेजोस अमेजन प्रविधि, इकमर्स २१५

४. ल्यारी एलिसन ओ¥याकल प्रविधि १९२

५. बर्नार्ड अर्नल्ट एलभीएमएच फेसन, खुद्रा व्यापार १७८

६. वारेन बफेट हाथवे वित्त, लगानी १५४

७. ल्यारी पेज गुगल प्रविधि १४४

८. सर्गेई ब्रिन गुगल प्रविधि १३८

९. अमान्सिया

ओर्टेगा जारा फेसन, खुद्रा व्यापार १२४

१०. स्टिभ बल्मर माइक्रोसफ्ट प्रविधि ११८

२. वासुशशि साहित्य सम्मान २०८१ बाट सम्मानित हुने स्रष्टा को हुन् ?

 नाटककार मनबहादुर मुखिया, कवि विमल वैद्य र सन्ध्या पहाडी

– नाटककार मुखियाका अनि देउराली रुन्छ, फेरि इतिहास दोहोरिन्छ, कवि विमल वैद्यका आकाश छुन खोज्ने मनहरू, समय र सपनाहरू तथा सन्ध्या पहाडीका सिम्फोनी, युगको तटमा उभिएर नामक कृति प्रसिद्ध छन् ।

३. नेपालमा दोस्रो अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन कहिले आयोजना गरियो ?

 विसं २०८१ चैत १४–१६

४. लन्डनस्थित स्पेल्थोन सिम्रिक अवार्ड ट्रस्टले ‘स्पेल्थोन सिम्रिक अवार्ड २०२५’ बाट कसलाई सम्मानित ग¥यो ?

 पत्रकार चिरन शर्मा

– सन् १९८२ मा स्थापना गरिएको सिम्रिक अवार्ड ट्रस्टले बेलायतका समुदायमा विभिन्न क्षेत्रमार्फत स्वयंसेवकका रूपमा योगदान पु¥याउने व्यक्तिहरूलाई यो अवार्डबाट सम्मान गर्दै आएको

– नेपाल पत्रकार महासङ्घ बेलायतका पूर्वअध्यक्षसमेत रहेका शर्माले विगत १८ वर्षदेखि नेपाल ब्रिटेन डटकम नामक समाचार पोर्टल सञ्चालन गर्दै आएका

– उनी नेपालको राष्ट्रिय दैनिक नागरिक न्युजका बेलायत संवाददातासमेत हुन् ।

– शर्मा सो अवार्ड प्राप्त गर्ने पहिलो गैरआवासीय नेपाली हुन् ।

५. कोशी प्रदेश पर्यटन वर्ष २०८२ कहिले घोषणा गरिएको हो ?

 विसं २०८१ चैत २७

६. अरुण, तमोर र सुनकोशी नदीको सङ्गमस्थलमा रहेको विशाल ढुङ्गालाई के नामले चिनिन्छ ?

 खुवालुङ

– धनकुटा, भोजपुर र उदयपुरको सीमा क्षेत्रमा अवस्थित यो ढुङ्गा किराँत राई समुदायको सांस्कृतिक आस्थाको केन्द्र मानिन्छ ।

७. पद्मश्री साहित्य पुरस्कार–२०८१ कसलाई प्रदान गरियो ?

 प्रा. कृष्ण गौतम (उपन्यास ः अद्वैत)

– द्वैत, अद्वैत तथा बहुलवादमा आस्था भए पनि मानवताको सार मूलतः एक रहेको तथा विश्वास, मत र मार्ग भए पनि मुहान एक रहेको व्याख्या गर्दै मानव समाजमा समभाव, समानुभू्ति तथा ऐक्यबद्धता स्थापना गर्ने विषयमा बोधगम्य भाषा शैलीमा उक्त उपन्यास लेखिएको

– प्रा. गौतमका समालोचनात्मक र आख्यानात्मक एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।

– त्यस्तै नेपाली भाषा, साहित्य तथा संस्कृतिको उन्नयनका लागि सिर्जना, पत्रकारिता तथा साहित्यिक गतिविधिमा निरन्तर सव्रिmय साहित्यिक अभियन्ता तथा चिन्तक पवनकुमार चाम्लिङलाई पद्मश्री साधना सम्मान प्रदान गरिएको चाम्लिङ २४ वर्ष भारतको सिक्किम राज्यमा मुख्यमन्त्री रहेका

– त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति, पूर्वराजदूत तथा नागरिक समाजका अभियन्ता प्राडा केदारभक्त माथेमालाई पद्मश्री गौरव पुरस्कार प्रदान गरिएको

– यी पुरस्कारको राशि जनही तीन लाख रुपियाँ रहेको

२०८२ बैशाख ४, बिहीबार १७:१७ प्रकाशित
ट्रेन्डिङ समाचार