
काठमाडौँ । उच्च अदालत जनकपुरले बाल यौन दुरुपयोगको आरोपमा दोषी ठहर भएका रामबहादुर बम्जनलाई सफाइ दिएको छ।
जिल्ला अदालत सर्लाहीले दिएको १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको फैसला उल्ट्याउँदै, उच्च अदालतको इजलासले बम्जनलाई निर्दोष ठहर गरेको हो।
न्यायाधीश खेमराज भट्ट र नरिश्वर भण्डारीको इजलासले गत चैत ६ गते बम्जनसँगै आरोपित ज्ञानबहादुर बम्जन र डिगबहादुर बम्जनलाई पनि सफाइ दिएको हो। जिल्ला अदालतमा पनि उनीहरूलाई सफाइ दिइएको थियो।
२०८२ बैशाख ४, बिहीबार १७:११ प्रकाशित