सरकारद्वारा दुई सचिवको सरुवा फेर – बदल


काठमाडौँ । सरकारको पछिल्लो निर्णय अनुसार दुई विशिष्ट श्रेणीका सचिवको सरुवा गरिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालयबीच सचिव अदल–बदल गर्ने निर्णय गरेको हो।

यसअनुसार, डा. दीपक खराल ललाई वन तथा वातावरण मन्त्रालयबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालय (पशुपन्छी विभाग) मा सरुवा गरिएको छ।

त्यस्तै, डा. राजेन्द्र प्रसाद मिश्रलाई पशुपन्छी विकास मन्त्रालयबाट वन तथा वातावरण मन्त्रालयमा स्थानान्तरण गरिएको छ।

स्रोतका अनुसार, यी दुई सचिवको विगतको कार्यशैलीप्रति कर्मचारीहरू सन्तुष्ट छैनन्। खराललाई निर्णय गर्न हिच्किचाउने सचिवको रूपमा र मिश्रको कार्यक्षमता कमजोर भएको टिप्पणी कर्मचारीहरूमाझ छ।

सरकारी प्राविधिक मन्त्रालयहरूमा व्यक्तिगत स्वार्थ हावी हुँदा नतिजामुखी काममा असर परेको भन्ने चिन्ता पनि देखिएको छ।

 

२०८२ बैशाख ४, बिहीबार १६:०१ प्रकाशित
ट्रेन्डिङ समाचार