
काठमाडौँ । नेपाली सेयर बजारले ४४ दिनपछि उल्लेखनीय उचाइ लिँदै बिहीबार एकै दिन १० अर्ब ७९ करोड रुपैयाँको कारोबार गरेको छ।
फागुन २१ पछि पहिलोपटक कारोबार रकम १० अर्ब नाघेको हो। त्यस दिन १० अर्ब ९७ करोड रुपैयाँको कारोबार भएको थियो।
साथै, नेप्से परिसूचक पनि २८.९७ अंकले वृद्धि हुँदै २७२५.२० विन्दुमा पुगेको छ, जुन पछिल्ला ३७ दिनयताकै उच्च विन्दु हो।
आजको कारोबारमा ३११ कम्पनीका सेयर किनबेच भए, जसमध्ये २२१ कम्पनीको मूल्य बढेको छ भने ८५ कम्पनीको घटेको छ।
२०८२ बैशाख ४, बिहीबार १५:४७ प्रकाशित