काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री तथा प्रतिनिधिसभा सांसद सुमना श्रेष्ठले पार्टीको जिम्मेवारीबाट राजीनामा दिएकी छन्।
श्रेष्ठले केही समयअघि नै सहमहामन्त्री पदबाट राजीनामा बुझाएकी हुन्। पार्टी सचिवालयका एक सदस्यका अनुसार उनले “सांसदको भूमिकामा बढी सक्रिय हुन चाहेकाले” सहमहामन्त्रीको जिम्मेवारी छोडेकी हुन्।
श्रेष्ठको राजीनामा बिहीबार बस्ने केन्द्रीय समिति बैठकमा औपचारिक रूपमा पेस हुने बताइएको छ।
२०८० मंसिरमा जलेश्वरमा सम्पन्न केन्द्रीय बैठकले श्रेष्ठलाई सहमहामन्त्रीमा चयन गरेको थियो। अहिले भने उनी संसदमा पार्टीको भूमिकालाई थप सशक्त बनाउने उद्देश्यले संसदीय भूमिकामा केन्द्रित हुने तयारीमा छन्।
२०८२ बैशाख ४, बिहीबार ११:५२ प्रकाशित


