
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ ऐतिहासिक उचाइ छोएको छ। बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ६ सय रूपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो।
यसअघि बुधबार प्रतितोला १ लाख ८७ हजारमा कारोबार भएको सुनको मूल्य आज एकैदिन ३ हजार ६ सय रूपैयाँले बढेको हो। मूल्य वृद्धिसँगै सुन बजारमा नयाँ रेकर्ड कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ। बिहीबार चाँदी प्रतितोला १ हजार ९६० रूपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको तुलनामा ५ रूपैयाँले बढी हो।
अन्तर्राष्ट्रिय बजारमा समेत सुनको दर उच्च स्तरमा पुगेको छ। हाल सुन प्रतिऔंस ३,३३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
२०८२ बैशाख ४, बिहीबार ११:४७ प्रकाशित