प्रदेश सचिवविरुद्धको फैसला सर्वोच्चमा पुनरावलोकन गर्न अख्तियारको पुनरावेदन


काठमाडौँ।  विशेष अदालतबाट सफाइ पाएका लुम्बिनी प्रदेशका तत्कालीन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव बैकुण्ठ अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, आर्थिक वर्ष २०७५/०७६ अन्तर्गत सञ्चालन गरिएको कृषि यान्त्रीकरण कार्यक्रममा अनियमितता भएको भन्दै अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको थियो। विशेष अदालतले अधिकारीलाई उक्त आरोपबाट सफाइ दिएपछि आयोगले उक्त फैसलाप्रति असन्तुष्टि जनाउँदै पुनरावलोकनको माग गर्दै सर्वोच्चमा पुगेको हो।

आयोगले आरोपपत्रमा उल्लेख ग लरेअनुसार, सम्झौताअनुसारको मिनीटिलर खरिद नगरी कम गुणस्तरको उपकरण खरिद गरेर सन्धिखर्क, अर्घाखाँचीमा वितरण गरिएको पाइएको थियो। सोही आधारमा अधिकारीविरुद्ध विशेष अदालत, काठमाडौँमा मुद्दा दर्ता गरिएको थियो।

विशेष अदालतले अधिकारीलाई दोषमुक्त गरे पनि अख्तियारले त्यसलाई चुनौती दिँदै मंगलबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो।

 

२०८२ बैशाख ३, बुधबार १४:०२ प्रकाशित
ट्रेन्डिङ समाचार