
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कार्यरत सचिव अर्जुनप्रसाद पोखरेल आफ्नो पाँच वर्षे कार्यकाल पूरा गरी सेवा निवृत्त भएका छन्। उनी २०७७ वैशाख २ गते विशिष्ट श्रेणीमा बढुवा भएका थिए।
पोखरेलको अवकाशसँगै एक सचिव पद रिक्त भएको छ। उक्त पदमा चन्द्रकला पौडेल (भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय), शोभाकान्त पौडेल (अर्थ मन्त्रालय) र भूपाल बराल (वन तथा वातावरण मन्त्रालय) मध्ये एक जनालाई सचिवमा बढुवा गरिने तयारी छ।
यसै महिनाभित्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंह (वैशाख २५) र महालेखा नियन्त्रक डा. गणेशप्रसाद पाण्डे (वैशाख ३०) पनि सेवा अवकाशमा जान लागेका छन्। उनीहरू ५८ वर्षे उमेर सीमा पुगेका कारण अनिवार्य अवकाशमा जाँदै छन्।
२०८२ बैशाख ३, बुधबार १३:४३ प्रकाशित