
काठमाडौँ । युनिटी नामक संस्थासँग जोडिएको ठगी प्रकरणमा संलग्न रहेका व्यक्तिहरूलाई सर्वोच्च अदालतले दोषी ठहर गर्दै कैद र जरिवाना सुनाएको छ।
करीब १५ वर्ष पुरानो यो मुद्दामा अदालतले संस्थाका अध्यक्ष काशीराम गुरुङ र भीमबहादुर गुरुङलाई दुई वर्ष छ महिनाको कैद र २५ हजार रुपैयाँ जरिवानाको सजाय दिएको हो।
महाप्रबन्धक शिशिर योगी र निर्देशक विश्वनाथ गौतमलाई एक वर्षको कैद र १० हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने निर्णय भएको छ। अन्य सञ्चालकहरू इन्द्रबहादुर विश्वकर्मा, नेत्र राजवंशी, कृष्णबहादुर क्षेत्र, महेन्द्र केसी र विष्णुबहादुर क्षेत्रीलाई पनि साढे दुई वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना तोकिएको छ। यद्यपि, क्षेत्रीको निधन भइसकेको जनाइएको छ।
यो प्रकरणमा युनिटीले पिरामिड शैलीमा प्रतिबन्धित व्यवसाय सञ्चालन गरेको आरोपमा प्रहरीद्वारा ठगी मुद्दा दायर गरिएको थियो।