
काठमाडौँ । व्यास नगरपालिकाको न्यायिक समितिमा हालसम्म ९६ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये केही चालु आर्थिक वर्षका हुन् भने केही अघिल्लो वर्षबाट सरेका छन्।
न्यायिक समितिका संयोजक इन्दिरा दरैलका अनुसार, दर्ता भएका मुद्दाहरू फोहरमैला व्यवस्थापन, लेनदेन, जग्गा विवाद, घर बहाल, कुलो पानी, महिला हिंसा लगायतका विषयसँग सम्बन्धित छन्।
समितिले मुद्दा समाधानमा मेलमिलापलाई प्राथमिकता दिएको बताइएको छ। संयोजक दरैलले भनिन्, “मेलमिलापको माध्यमबाट समाधान गर्दा दुबै पक्षले जितेको अनुभूति गर्छन्।
जहाँ मेलमिलाप सम्भव हुँदैन, त्यस्ता मुद्दा अदालतमा पठाइन्छ।”
हालसम्म २३ वटा मुद्दा मेलमिलापबाट समाधान भइसकेका छन्।
२०८२ बैशाख ३, बुधबार १२:०० प्रकाशित