विशेष अदालतको फैसलाविरुद्ध अख्तियार आयोग सर्वोच्चमा


काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको निर्णयविरुद्ध असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।

साविक प्रदेश ५ (लुम्बिनी प्रदेश) का तत्कालीन कृषि सचिव वैकुण्ठ अधिकारीसहितका विरुद्ध आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो। कृषि यान्त्रीकरण कार्यक्रमअन्तर्गत कम गुणस्तरको मिनिटिलर खरिद गरी करिब ४३ लाख रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको थियो।

त्यस्तै, सामान आपूर्तिकर्तासमेत संलग्न रहेको अर्को मुद्दामा एक करोड ३१ लाख रुपैयाँ भ्रष्टाचारको आरोपमा विशेष अदालतले वैशाख ३१ मा फैसला सुनाएको थियो।

यी दुबै मुद्दामा विशेष अदालतको फैसला चित्त नबुझेको भन्दै आयोगले मंगलवार सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको हो।

 

२०८२ बैशाख ३, बुधबार १०:५१ प्रकाशित
ट्रेन्डिङ समाचार