
काठमाडौँ । सरकारद्वारा दुई दर्जनभन्दा बढी सहसचिवको सरुवा गर्न लागिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको सरुवा प्रस्ताव मन्त्रिपरिषदमा पेश गरिएको छ।
सरकारी स्रोतका अनुसार लगभग ३२ जना सहसचिवको सरुवा हुने सूचीमा प्राविधिक तथा प्रशासन सेवाका कर्मचारी समावेश छन्। केही सहसचिवलाई प्रदेशमा खटाउने योजना छ भने अख्तियार र लोक सेवा आयोगले माग गरेका सहसचिवको नाम पनि उक्त सूचीमा रहेको छ।
साथै, केही विभागीय प्रमुखहरूको जिम्मेवारी पनि फेरिने सम्भावना रहेको जनाइएको छ।
२०८२ बैशाख ३, बुधबार १०:४३ प्रकाशित