
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी प्रा. डा. खड्ग केसीले सम्हाल्ने भएका छन्।
अघिल्ला उपकुलपति प्रा. डा. केशरजङ्ग बरालले राजीनामा दिएपछि उक्त पद खाली थियो।
प्रधानमन्त्री तथा त्रिविको कुलपति केपी शर्मा ओलीले प्रा. डा. केसीलाई उपकुलपतिको कार्यवाहक जिम्मेवारी दिएका हुन्।
यो व्यवस्था स्थायी उपकुलपति नियुक्त नभएसम्मका लागि लागू हुनेछ।
२०८२ बैशाख २, मंगलवार १७:०० प्रकाशित