
काठमाडौँ । सर्वोच्च अदालतले पूर्व डिआइजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने विषयमा स्पष्ट विवरण माग गरेको छ।
सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासले उच्च अदालत तुलसीपुर, बुटवल इजलासलाई सो आदेशको कारणसहितको विवरण पेश गर्न निर्देशन दिएको हो।
सुप्रिम सहकारी काण्डमा संलग्न रहेको आरोप लागेका जोशीविरुद्ध उच्च अदालत बुटवलले हालै थुनामा राख्न आदेश दिएको थियो। उक्त आदेशविरुद्ध जोशीले सर्वोच्चमा पुनरावलोकनको माग गर्दै निवेदन दर्ता गरेका थिए।
सुनुवाइपछि सर्वोच्चले उच्च अदालतको आदेश किन जारी गरियो भन्ने स्पष्ट विवरण पेस गर्न भनेको हो। अहिले जोशी सोही आदेशका आधारमा थुनामै रहेका छन्।
२०८२ बैशाख २, मंगलवार १६:४३ प्रकाशित