सशस्त्र प्रहरीका एआईजी चन्द्रप्रकाश गौतम आजदेखि अवकाशमा


काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रप्रकाश गौतम आज रातिबाट अनिवार्य अवकाशमा जाँदै छन्। सेवा अवधिका आधारमा मंगलबार राति १२ बजेदेखि उनले कार्यकाल समाप्त गर्दैछन्।

गौतम अहिले सशस्त्र प्रहरीको सीमा सुरक्षा विभागको नेतृत्व गर्दै आएका थिए। उनले २०५२ सालमा नेपाली सेनाबाट सेवा सुरु गरेका थिए भने २०५८ मा सशस्त्र प्रहरी बलमा समावेश भएका थिए।

उनी अवकाशमा जाँदा एक एआईजीको पद खाली हुने भएकाले बढुवाको प्रक्रिया अघि बढ्नेछ। उक्त पदका लागि कमल गिरी, गणेश ठाडा लमगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीलगायत अधिकारीहरू दावेदारका रूपमा रहेका छन्।

यस पदमा हुने बढुवा भावी सशस्त्र प्रहरी प्रमुख चयनमा पनि प्रभावकारी हुने भएकाले प्रक्रिया विशेष चासोको विषय बनेको छ।

२०८२ बैशाख २, मंगलवार १३:०६ प्रकाशित
ट्रेन्डिङ समाचार