आजदेखि राष्ट्र बैंकले ल्यायो १० लाख थान नयाँ पाँच रुपैयाँका नोट


काठमाडौँ । नेपाल राष्ट्र बैंकले नयाँ पाँच रुपैयाँका नोट आजदेखि बजारमा ल्याएको छ। बैंकले कुल १० लाख थान नयाँ नोट बजारमा वितरण गर्ने जनाएको छ।

नयाँ नोटमा सगरमाथा, लालिगुराँस, जंगली याक र हिमाली दृश्यजस्ता नेपाली पहिचान झल्किने चित्र समावेश गरिएका छन्। अग्रभागमा सगरमाथाको चित्र बायाँतर्फ र लालिगुराँसको पानी छाप दायाँतर्फ देख्न सकिन्छ।

त्यस्तै, पछिल्लो भागमा हिमाली क्षेत्रको दृश्य र जंगली याकको चित्र छ। अंग्रेजीमा “Rupees Five” लेखिएको यो नोटमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ भने सन् २०८१ उल्लेख गरिएको छ।

नोटहरू न ४५ ०००००१ देखि भ १८ ९९९९९९ नम्बर सिरिजसम्म जारी गरिएको छ। आकार र रंग भने साबिककै जस्तै राखिएको छ।

२०८२ बैशाख २, मंगलवार १२:५६ प्रकाशित
ट्रेन्डिङ समाचार