
काठमाडौँ । नेपाली बजारमा आज मंगलबार सुन र चाँदी दुबैको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १,७०० रुपैयाँले घटेर १,८४,३०० रुपैयाँमा झरेको छ। आइतबार यो १,८६,७०० रुपैयाँ थियो, जुन हालसम्मकै उच्च मूल्य हो।
त्यस्तै, चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर प्रतितोला १,९४५ रुपैयाँमा झरेको छ। आइतबार यसको मूल्य १,९६० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस ३,२२७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
२०८२ बैशाख २, मंगलवार १२:४२ प्रकाशित