
काठमाडौँ । नयाँ वर्षको अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले जनताको स्वतन्त्रता नै सबैभन्दा ठूलो भएको बताएका छन्।
आइतबार सार्वजनिक गरिएको भिडियो सन्देशमा उनले साँचो प्रजातन्त्रमा जनताका गुनासा र प्रशंसा सुन्ने संस्कार आवश्यक रहेको उल्लेख गरे।
उनले देशमा विद्यमान अशान्ति, अराजकता, निराशा र असन्तुष्टिबाट जनतालाई मुक्त गराउन राजसंस्थाले सधैँ योगदान दिँदै आएको पनि दाबी गरे।
“नेपाल आमालाई केन्द्रमा राखेर विचार बनोस्, समस्या संवाद, सहमति र सहकार्यबाट समाधान होस्,” भन्दै शाहले देशको भविष्यप्रति जागरुकता देखाइरहेका जनतालाई सकारात्मक दृष्टिकोणले हेर्नुपर्ने बताए।
२०८१ चैत्र ३१, आईतवार १८:२९ प्रकाशित