म्यानमारबाट फर्किएको नेपाली सेनाको टोलीलाई सम्मान


काठमाडौँ । म्यानमारको विनाशकारी भूकम्प प्रभावित क्षेत्रमा खटिएर घाइतेहरूको उपचार गरी फर्किएको नेपाली सेनाको टोलीलाई जंगी अड्डामा सम्मान गरिएको छ।

प्रधानसेनापति अशोक राज सिग्देलले आइतबार आयोजित समारोहमा २३ सदस्यीय चिकित्सकीय टोलीलाई ‘प्रधानसेनापति प्रशंसा निसान’ प्रदान गरेका हुन्।

टोलीले म्याण्डलेस्थित यामथिन शहरमा शिविर सञ्चालन गरी १३३ जनाको शल्यक्रिया, २४८ जनाको हाडजोर्नी उपचार र ९६५ जनालाई ओपिडी सेवा दिएको थियो। टोली चैत २० गते म्यानमार प्रस्थान गरेर चैत २९ गते फर्किएको हो।

२०८१ चैत्र ३१, आईतवार १७:२८ प्रकाशित
ट्रेन्डिङ समाचार